जेनजी आन्दोलनमा काठमाडौँबाट फरार कैदी रौतहटमा पक्राउ
रौतहट । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका एक कैदीलाई रौतहटबाट पक्राउ गरिएको छ।
सशस्त्र प्रहरी बलको निर्वाचन क्षेत्र नम्बर ४ बेस, सन्तपुरबाट सशस्त्र डिएसपी विश्वनाथ जिसीको नेतृत्वमा खटिएको मोबाइल टोलीले फरार कैदी सागर खाती विश्वकर्मालाई बिहीबार नियन्त्रणमा लिएको हो। चन्द्रपुर नगरपालिका–४ ठाडाटोलका २७ वर्षीय विश्वकर्मालाई चन्द्रनिगाहपुर क्षेत्रबाट पक्राउ गरिएको डीएसपी जिसीले बताएका छन्।
लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका विश्वकर्मा फरार सूचीमा रहेका थिए। उनी चन्द्रनिगाहपुर क्षेत्रमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो।
पक्राउ परेका विश्वकर्मालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ। उनलाई पुनः कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण