एपिस्टन कान्डमा नाम आएपछि गोल्डम्यान श्याख्सकी शीर्ष वकिलले दिइन् राजीनामा
सारांश
- गोल्डम्यान स्याक्सकी प्रमुख कानुन अधिकारी क्याथी रुम्लरले यौन दूराचारी जेफ्री एपस्टिनसँगको सम्बन्धको विवादपछि राजीनामा दिएकी छिन्।
- उनले आगामी जुन ३० देखि लागू हुने गरी राजीनामा दिएकी हुन्, र उनले कम्पनीको हितलाई पहिलो प्राथमिकतामा राखेको बताइन्।
- सीईओ डेभिड सोलोमनले रुम्लरको योगदानको प्रशंसा गर्दै उनको निर्णयको सम्मान गर्ने बताए।
वासिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी गोल्डम्यान स्याक्सकी प्रमुख कानुन अधिकारी क्याथी रुम्लरले पदबाट राजीनामा दिएकी छिन् । यौन दूराचारी जेफ्री एपस्टिनसँग सम्बन्धित कागजात सार्वजनिक भएपछि उत्पन्न विवादका बिच उनले राजीनामा दिने घोषणा गरेकी हुन् । उनको राजीनामा आगामी जुन ३० देखि लागू हुने बताइएको छ ।
पछिल्ला केही हप्तादेखि एपस्टिनसँगको सम्बन्धबारे विभिन्न समाचार आएपछि उनले आलोचना खेपिरहेकी थिइन् । उनी र उनका निकट स्रोतहरूले भने एपस्टिनसँगको सम्बन्ध केवल व्यावसायिक स्तरको रहेको दाबी गर्दै आएका छन् । सीएनएनलाई दिएको वक्तव्यमा रुम्लरले गोल्डम्यान स्याक्समा विगत छ वर्षदेखि काम गर्नु आफ्नो लागि गौरवको विषय रहेको बताइन् । आफ्नो मेरो जिम्मेवारी कम्पनीको हितलाई पहिलो प्राथमिकतामा राख्नु भन्दै उनले पद त्याग गर्ने निर्णय सुनाएको बताएकी हुन् ।
कम्पनीका सीईओ डेभिड सोलोमनले पनि रुम्लरको योगदानको प्रशंसा गरेका छन् । रुम्लरलाई उत्कृष्ट कानुनी सल्लाहकार, कुशल पेशेवर तथा धेरै कर्मचारीका लागि मार्गदर्शक भन्दै उनको निर्णयको सम्मान गर्ने सोलोमनले बताए । अमेरिकाको न्याय मन्त्रालयले हालै जेफ्री एपस्टिनसँग सम्बन्धित लाखौँ पृष्ठका कागजात सार्वजनिक गरेपछि विभिन्न राजनीतिक, व्यावसायिक तथा सामाजिक व्यक्तित्वहरू पुनः चर्चामा आएका छन् । यही सन्दर्भमा रुम्लरको नाम पनि जोडिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण