शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा र नेकपाका नेता राष्ट्रिय एकता दलमा प्रवेश

शनिबार, ०२ फागुन २०८२, १४ : ०५
शनिबार, ०२ फागुन २०८२

सारांश

  • नेकपाका नेता रवीन्द्र यादवसहित केही नेता तथा कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश गरे।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक पण्डित र श्यामबाबु पाण्डेय पनि राष्ट्रिय एकता दलमा प्रवेश गरे।
  • नयाँ प्रवेशीहरूले सुदृढ राष्ट्रिय एकता र हिन्दु राष्ट्र स्थापनाको लक्ष्य लिएको बताए।

बारा । नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश कमिटी सदस्य रवीन्द्र यादवको नेतृत्वमा केही नेता तथा कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । शनिबार बाराको प्रसौनीमा आयोजित एक कार्यक्रममा उनीहरू सो पार्टीमा प्रवेश गरेका हुन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नं. ४ का उपसभापति दीपक पण्डित, नेता श्यामबाबु पाण्डेयसमेत राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । राष्ट्रिय एकता दलका अध्यक्ष एवं बारा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनय यादवले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्दै नवप्रवेशी नेताहरूले देशमा सुदृढ राष्ट्रिय एकता र हिन्दु राष्ट्र स्थापनाको लक्ष्यका साथ राष्ट्रिय एकता दल रोजेको बताए । उनीहरूले आगामी दिनमा पार्टीको सङ्गठन विस्तार र जनताको हितका लागि सक्रिय रूपमा काम गर्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप