सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख
काठमाडाैँ । युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले शनिबार म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बताएकी छन् ।
युरोपको सुरक्षालाई सधैँ प्राथमिक जिम्मेवारीका रूपमा नहेरिएको बताउँदै उनले आगामी दिनमा गहनताका साथ हेर्नुपर्ने बताएकी हुन् । समयानुकुल प्रभावकारी प्रहार क्षमताहरूमा रणनीतिक सक्षमता सहितको युरोपेली मेरुदण्ड विकास गरी अगाडी बढ्नुपर्ने उनले बताएकी छन् ।
आक्रमणको घटनामा एक अर्काको रक्षा गर्न युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले सामूहिक प्रतिबद्धताको आवाश्यकतालाई उल्लेख गर्दै उनले निषेधलाई चुनौती दिँदै अगाडी बढ्नुपर्ने बताएकी छन् ।
यसैबिच उनले युरोपको आपसी रक्षाको प्रवाहलाई व्यवहारमा ल्याउने समय आएको बताइन् । अमेरिकाले नेटोमा आफ्नो लगानी घटाउने र रूससँग सम्भावित द्वन्द्वका लागि तयारी गर्ने धम्की दिएपछि सन् २०३० सम्ममा विश्वसनीय रक्षा प्रणली विकास गर्न युरोपले ऐतिहासिक पुनः शस्त्रीकरण प्रयास सुरु गरिसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण