प्रेम दिवसको दिन भावुक हुँदै प्रचण्डले सम्झिए पत्नी सीता
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्यालेन्टाइन डे (प्रणय दिवस)का अवसरमा आफ्नी स्वर्गीय पत्नी सीता दाहालको सम्झना गर्दै सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजकसमेत रहेका दाहालले शनिबार साँझ फेसबुकमार्फत लेखेको सन्देशमा ५५ वर्ष लामो वैवाहिक जीवनका सुख–दुःखका क्षणहरू स्मरण गरेका छन् । उनले जीवनका उकाली–ओराली, संघर्ष र कठिन यात्रामा सीताले जीवनसंगिनीका रूपमा दिएको साथ अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।
'जीवन–मृत्युका अनेक उतार–चढावमा तिमीले दिएको साथ र प्रेरणाका लागि म सधैं ऋणी रहनेछु,' उनले लेखेका छन्, 'तिमी भौतिक रूपमा आज मसँग छैनौ भन्ने कुरा अझै विश्वास लाग्दैन, तर सत्य स्वीकार्नुको विकल्प छैन ।'
दाहालले महिला हक–अधिकारका लागि सीताले दिएको साथ, प्रेरणा र दृढताको पनि प्रशंसा गरेका छन् । बाँकी जीवन महिला अधिकार तथा उत्पीडित वर्गको हक–हितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले त्यसलाई नै सीताप्रतिको सच्चा श्रद्धाञ्जलि बताएका छन् ।
सीता दाहालको २०८० असार २७ गते निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण