रौतहटमा मोटरसाइकल दुर्घटना, दम्पतीको ज्यान गयो
सारांश
- रौतहटको दुर्गाभगवती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएको थियो, जसमा चालक र श्रीमती गम्भीर घाइते भए।
- उपचारको क्रममा दुवै जनाको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको थियो। स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गंगापिपरा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र पछाडि सवार उनकी श्रीमती २२ वर्षीया पुनम देवी साह गम्भीर घाइते भएका थिए।
दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार उपचारकै क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका छन्।
दुवै जनाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण