कर्णालीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले भन्यो— सरकारी स्रोत, साधनको प्रयोग नगरी निर्वाचन प्रचारमा संलग्न हुनू
आइतबार, ०३ फागुन २०८२, ०९ : ५९
सारांश
- निर्वाचन आयोगले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुन निर्देशन दिएको छ।
- मुख्यमन्त्री कँडेलले दलीय गतिविधि सञ्चालन गर्न अनुमति मागेपछि आयोगले यस्तो निर्देशन दिएको हो।
- आयोगले आचारसंहिताको अधीनमा रहेर कर्णाली प्रदेशभित्र मात्रै निर्वाचन सम्बन्धी कार्यक्रममा सहभागी हुन भनेको छ।
सुर्खेत । निर्वाचन आयोगले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई सरकारी स्रोत र साधनको प्रयोग नगर्ने गरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुन निर्देशन दिएको छ ।
माघ २९ गते मुख्यमन्त्री कँडेलले दलीय गतिविधि सञ्चालन गर्न अनुमति दिनेबारे आयोगलाई पत्र लेखेका थिए ।
आयोगले सहमति सम्बन्धमा भन्दै सरकारी स्रोत र साधनको उपयोगबिना मात्रै निर्वाचनका गतिविधिमा संलग्न हुन निर्देशन दिएको हो ।
साथै, आयोगले निर्वाचन आचारसंहिता, ०८२ को दफा ५ खण्ड (क) को उपखण्ड (३) को अधीनमा रहेर कर्णाली प्रदेशभित्र मात्रै निर्वाचन सम्बन्धी कार्यक्रम तथा निर्वाचन प्रचारमा सहभागी हुन कँडेललाई भनेको छ ।
‘यदि निर्वाचन आचारसंहिता प्रतिकुलका कार्य भएमा प्रचलित निर्वाचन कानुन बमोजिम हुने जानकारी गराइन्छ,’आयोगले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण