टी–२० विश्वकप
दीपेन्द्रको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य
आइतबार, ०३ फागुन २०८२, १२ : ५६
सारांश
- दीपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतले नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दियो।
- नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो, जसमा ऐरीले ५८ रन बनाए।
- वेस्ट इन्डिजका जेशन होल्डरले चार विकेट लिए, र नेपाल सुपर आठको सम्भावना जोगाउन चाहन्छ।
काठमाडौँ । उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि सोमपाल कामीले २६ रनको योगदान गर्दा लोकेश बमले १३ रन जोडे ।
बलिङतफै वेस्ट इन्डिजका लागि जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल सुपर आठको सम्भावना जोगाइ राख्न चाहन्छ । यता वेस्ट इन्डिज भने आजको खेलमा नेपाललाई हराउँदै सुपर आठमा प्रवेश गर्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण