टी–ट्वान्टी विश्वकप
दीपेन्द्र नेपालका लागि विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी
आइतबार, ०३ फागुन २०८२, १३ : ०९
सारांश
- दीपेन्द्र सिंह ऐरी टी-ट्वान्टी विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
- उनले वेस्ट इन्डिजविरुद्धको खेलमा ४७ बलमा ५८ रन बनाउदै अर्धशतक बनाए ।
- यस अघि सन् २०१४ मा सुवास खकुरेलले ५६ रन बनाएका थिए, जुन विश्वकपमा पहिलो अर्धशतक थियो ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–ट्वान्टी विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
दीपेन्द्रले नेपालका लागि वेस्ट इन्डिजविरुद्धको खेलमा ४७ बलमा ५८ रनको पारी खेल्दै अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका हुन् ।
यसअघि नेपालका लागि सन् २०१४ मा सुवास खकुरेलले ५६ रन बनाएका थिए । यो नै नेपालका लागि विश्वकपमा पहिलो अर्धशतक हो ।
त्यसपछि सन् २०२६ मा नेपालका लागि अर्धशतक आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण