एमाले उम्मेदवार विनोद ढकालद्वारा मोरङ-६ को विकासका लागि ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
सारांश
- एमालेका विनोद ढकालले मोरङ क्षेत्र नं. ६ का लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरे।
- उनले ढल निकास, सडक स्तरोन्नति, बाढी नियन्त्रण, र शिक्षा सुधार लगायतका योजनाहरू अघि सारेका छन्।
- ढकालले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउने प्रतिबद्धता जनाए।
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद ढकालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 'हामीले भोट मात्र मागिरहेका छैनौँ, काम पूरा गर्ने अवसर खोजिरहेका छौँ' भन्ने नाराका साथ ढकालले ३० बुँदे योजना अघि सारेका हुन् ।
विराटनगर-५ का स्थायी बासिन्दा ढकालले विगत चार दशकदेखि यस क्षेत्रको सुख-दुःखमा साथ दिँदै आएको स्मरण गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख नेपाल निर्माण र स्थिर सरकारका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
प्रतिबद्धता पत्रमा विराटनगरको मुख्य समस्याको रूपमा रहेको ढल निकास र डुबान समाधानका लागि गुरुयोजना बनाएर लागू गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै, चक्रपथसहितका प्रमुख सडकहरूको स्तरोन्नति र कालोपत्रे गर्ने, तथा गछिया, बुढीखोला, केशलिया र सिंगिया जस्ता नदीहरूमा तटबन्ध गरी बाढी नियन्त्रण गर्ने योजना ढकालले अघि सारेका छन् ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि 'स्मार्ट क्लास रुम', उच्च शिक्षाका विद्यार्थीका लागि 'पढ्दै, कमाउँदै' कार्यक्रम र मदरसा तथा गुरुकुललाई विश्वविद्यालयको शैक्षिक कार्यक्रमसँग जोड्ने प्रतिबद्धता जनाइएको छ । स्वास्थ्यतर्फ सरकारी र निजी अस्पतालमा यस क्षेत्रका विपन्न तथा गरिब नागरिकको सहज पहुँच सुनिश्चित गर्ने योजना रहेको छ ।
बन्द र रुग्ण उद्योगहरूलाई पुन: सञ्चालनमा ल्याउन पहल गर्ने, युवा उद्यमीहरूलाई बिना धितो ऋणको व्यवस्था गर्ने र स्वरोजगारमूलक शिक्षा लागू गर्ने ढकालको योजना छ । कृषि क्षेत्रको विकासका लागि समयमै मल, बीउ उपलब्ध गराउने, कृषि उपज संकलन केन्द्र र शीत भण्डार निर्माण गर्ने कुरालाई जोड दिइएको छ ।
प्रतिबद्धता पत्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउन पहल गर्ने उल्लेख छ । विपन्न परिवारका लागि नि:शुल्क विद्युतीय चुलो वितरण गर्ने, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधान गर्ने र सहकारी तथा लघुवित्तको चर्को ब्याजबाट पीडित नागरिकलाई राहत दिने विषयहरू पनि समावेश छन् ।
सुन्दरहरैँचाको छ पोखरी, बुढीगंगाको सिंगिया खोला र बौराहाको मधु पार्कसहितका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र थारु समुदायको भाषा, संस्कृति र रीतिरिवाजको संरक्षण गर्ने ढकालको प्रतिबद्धता छ ।
ढकालले पूर्व सांसद लालबाबु पण्डितको कार्यकालमा सुरु भएका अधुरा योजनाहरूलाई प्राथमिकताका साथ पूरा गर्ने बताएका छन् । भ्रष्टाचार नगर्ने र जनताको शिर झुक्न नदिने उद्घोष गर्दै उनले आफूलाई सेवा गर्ने अवसर दिन मतदातासँग आग्रह गरेका छन् । मोरङ-६ को विकासका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नेतृत्वदायी भूमिका खेल्ने ढकालको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण