नेशनल लाईफद्वारा मधेस प्रदेशका ७७ उत्कृष्ट अभिकर्ता सम्मानित
सारांश
- नेशनल लाईफ इन्स्योरेन्सले मधेस प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई जनकपुरमा सम्मान गरेको छ।
- कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा ७७ जना अभिकर्तालाई पुरस्कृत गरियो।
- सिइओ खत्रीले अभिकर्ताको मेहनतले कम्पनीको प्रगति भइरहेको बताए र क्लबको सफलताको दाबी गरे।
जनकपुर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेस प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई जनकपुरमा एक विशेष समारोहका बीच सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न 'सिइओ क्लब सदस्य सम्मान' कार्यक्रममा मधेस प्रदेशबाट छानिएका ७७ जना अभिकर्ताहरूलाई पुरस्कृत गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी योग्यता पुर्याएका अभिकर्ताहरूलाई सिइओ क्लबको सदस्यता वितरण गरिएको छ। कार्यक्रममा सिइओ खत्रीले नेशनल रत्न र नेशनल स्टार विजेताहरूलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरे। साथै, सो प्रदेशबाट आफ्नो कोड र सञ्जालमा उत्कृष्ट कार्य गर्ने प्रथम, द्वितीय र तृतीय अभिकर्ताहरूलाई विशेष पुरस्कार प्रदान गरियो।
समारोहलाई सम्बोधन गर्दै सिइओ खत्रीले अभिकर्ताहरूको मेहेनतले नै कम्पनीले प्रगति गरिरहेको बताए। उनले सबै तहका अभिकर्ताहरूलाई प्रोत्साहन गर्न प्रदेश स्तरमै यस्ता कार्यक्रम आयोजना गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याइएको जानकारी दिए। देशभरबाट १६०० भन्दा बढी अभिकर्ता यस क्लबमा छनोट हुनुले यो योजना अत्यन्तै सफल भएको उनको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण