इरानी परमाणु कार्यक्रम पूर्ण रूपमा हटाउन इजरायली प्रधानमन्त्रीको माग
सारांश
- इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानको परमाणु संरचना हटाउनुपर्ने बताएका छन्।
- उनले इरानबाट युरेनियम बाहिर पठाउनुपर्ने, पूर्वाधार हटाउनुपर्ने र क्षेप्यास्त्र कार्यक्रमको समाधान खोज्नुपर्ने शर्त राखेका छन्।
- इरानले भने परमाणु हतियार बनाउन नचाहेको र प्रतिबन्ध हटाए कार्यक्रम सीमित गर्न तयार रहेको जनाएको छ।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिका र इरानबिचको सम्भावित परमाणु सम्झौता हुने हो भने इरानको सम्पूर्ण परमाणु संरचना हटाइनुपर्ने बताएका छन् । आइतबार अमेरिकन यहुदी संस्थाहरूको सम्मेलनमा बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेटवार्तामा आफ्ना मुख्य सर्तहरू राखिएको बताएका हुन् ।
नेतन्याहुका अनुसार पहिलो सर्त इरानसँग रहेको सबै समृद्ध युरेनियम उक्त देश बाहिर पठाइनु हो । दोस्रो, इरानसँग युरेनियम समृद्धि गर्ने क्षमता नै नरहने गरी उपकरण र पूर्वाधार पूर्ण रूपमा हटाइनुपर्ने पनि उनको जोड छ ।
तेस्रो, सर्तका रूपमा उनले ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमको समाधान खोज्नुपर्ने पनि बताए । साथै, इरानको परमाणु कार्यक्रममाथि कडा र प्रभावकारी अन्तर्राष्ट्रिय निरीक्षण हुनुपर्ने समेत उनको माग छ ।
इरानी विदेशमन्त्री अब्बास अराघची अमेरिका–इरानबिच दोस्रो चरणको परमाणु वार्ताका लागि स्विट्जरल्यान्ड जाँदै गर्दा नेतन्याहुको सो अभिव्यक्ति आएको हो । दुवै देशले ओमानमा फेब्रुअरी–६ मा वार्ता पुनः सुरु गरेका थिए । यसअघि वार्ता विफल भएपछि गत वर्ष इजरायलले इरानमाथि हवाई आक्रमण गरेको थियो, जसले १२ दिन लामो द्वन्द्व जन्माएको थियो ।
ट्रम्पले हालसम्म इरानबारे कुनै अन्तिम सहमति नभएको बताए पनि वार्ता जारी राख्न चाहेको संकेत दिएका छन् । अमेरिकी मिडिया एक्सियोसका अनुसार दुवै नेताले इरानलाई परमाणु हतियार क्षमता नहुने अवस्थासम्म पुर्याउने लक्ष्यमा सहमति गरे पनि त्यसमा मतभेद देखिएको छ ।
इरानले भने आफूले परमाणु हतियार बनाउन नचाहेको दोहोर्याउँदै प्रतिबन्ध हटाइए परमाणु कार्यक्रम सीमित गर्ने विषयमा छलफल गर्न तयार रहेको जनाएको छ । तर क्षेप्यास्त्र कार्यक्रमलाई सम्झौतासँग जोड्न भने उसले अस्वीकार गरेको छ । अमेरिका र इरानबिच कूटनीतिक प्रयाससँगै सैन्य दबाब पनि उच्च भएकाले क्षेत्रीय तनाव बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण