रणवीरले फिल्म छाडेपछि फरहान आफैँ बन्न लागेका हुन् ‘डन’ ?
सारांश
- रणवीर सिंह 'डन ३' बाट बाहिरिएपछि, ऋतिक रोशनले भूमिका खेल्ने हल्ला चल्यो, तर उनले अस्वीकार गरे।
- फरहान अख्तर आफैंले 'डन ३' मा मुख्य भूमिका निर्वाह गर्ने अफवाह फैलिरहेको छ, तर आधिकारिक पुष्टि भएको छैन।
- फरहान अख्तर हलिउड फिल्म 'द बीटल्स् अ फोर' बाट हलिउडमा डेब्यू गर्दैछन्।
नयाँ दिल्ली । केही दिनअघि बलिउड अभिनेता रणवीर सिंह ‘डन ३’ बाट बाहिरिएको खबर आयो । यसपछि, फिल्ममा मुख्य भूमिका कसले खेल्ला भन्नेबारे धेरै अड्कलबाजी भइरहेका छन् ।
रणवीर बाहिरिएपछि ऋतिक रोशनले डनको भूमिका खेल्ने हल्ला चलेको थियो । यद्यपि, ऋतिकले आफू कहिल्यै पनि यो परियोजनाको हिस्सा नभएको स्पष्ट पारेका छन् । अहिले फेरि फरहान आफैँले डनको भूमिका निर्वाह गर्न लागेको भन्दै नयाँ अफवाहहरू फैलिरहेका छन् ।
डेक्कन क्रोनिकलका अनुसार, रणवीर बाहिरिएपछि पछि फरहान आफैँले ‘डन ३’ मा मुख्य भूमिका खेल्न लागेको समाचार आएको छ । केही पहिले शाहरुख खान डनको भूमिकामा फर्कन सहमत भएको खबर आएको थियो ।
तर यो फिल्म शाहरुखले आफ्नो ब्लकब्ष्टर हिट ‘जवान’ का निर्देशक एटलीले निर्देशन गरुन् भन्ने चाहेको बताइएको थियो । डन फ्रान्चाइजी फरहानको हो । त्यसो भए उनी कसरी निर्देशकबाट बाहिरिन सक्छन् ? अहिलेसम्म कुनै आधिकारिक बयान जारी नभएकोले यी सबै अफवाह भन्दै बेवास्ता गरिएको छ ।
हलिउड डेब्यूको तयारीमा छन् फरहान
फरहान अख्तरले हलिउडमा डेब्यू गर्न लागेका छन् । उनले सन् २०२३ मा रणवीर सिंह र कियारा आडवाणीलाई लिएर ‘डन ३’ को घोषणा गरेका थिए । तर यी दुवै फिल्मबाट बाहिरिइसकेका छन् ।
फरहान अहिले आफ्नो अन्य परियोजनाहरूमा केन्द्रित छन्, जसमा लामो समयदेखि चर्चामा रहेको ‘जी ले जरा’ र हालै घोषणा गरिएको हलिउड डेब्यू समावेश छ । फरहान अख्तर हलिउड फिल्म ‘द बीटल्स् अ फोर–फिल्म सिनेमेटिक इभेन्ट’ बाट हलिउडमा डेब्यू गर्न तयार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण