खोटाङलाई तराईसँग जोड्ने छोटो मार्ग : बाधक बनेको घर्तीभिरको चट्टान फुटाउन सुरु
सारांश
- खोटाङको दिक्तेल बजारलाई तराईसँग जोड्ने छोटो सडक निर्माणले गति लिएको छ।
- घर्तीभिरको चट्टान फुटाउने काम सुरु भएपछि जिल्लावासीमा उत्साह छाएको छ, जसका लागि २ करोड बजेट विनियोजन गरिएको छ।
- दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक सञ्चालनमा आउँदा १७ किलोमिटर दूरी कम हुनेछ, र पुल निर्माणले यातायात सहज बनाउनेछ।
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मीटार सडकखण्ड अन्तर्गत खाल्ले र राजापानीको सिमानामा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाउने काम सुरु भएसँगै जिल्लावासीमा उत्साह छाएको हो।
कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको २ करोड बजेटमध्ये निर्माण कम्पनीले करिब १ करोड ७ लाख रुपैयाँमा सम्झौता गरी काम अघि बढाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यो सडकलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ।
हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ। तर, निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक सञ्चालनमा आउँदा साढे १७ किलोमिटर दूरी कम हुने नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए। नगरपालिकाको डेढ करोडभन्दा बढी लगानीमा भिरको दुवैतर्फ सडक खुलिसके पनि बीचमा रहेको कडा चट्टानका कारण यातायात अवरुद्ध हुँदै आएको थियो।
यसै सडकखण्ड अन्तर्गत दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ। २ करोड ७० लाख रुपैयाँको लागतमा स्टिल ट्रस पुल बनाउन लागिएको हो। पुल नहुँदा वर्षायाममा करिब ६ महिना यो सडक पूर्ण रूपमा बन्द हुने गरेको थियो।
अब पुल र भिरको चट्टान काट्ने काम सकिएपछि बाह्रै महिना यातायात चल्ने र तराईबाट खाद्यान्न, इन्धन तथा निर्माण सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण