विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी शुल्कमा ५० प्रतिशत छुट
मङ्गलबार, ०५ फागुन २०८२, १२ : २२
सारांश
- ग्लोबल आइएमई बैंकले वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि अनलाइन भुक्तानी सेवा शुल्कमा ५०% छुट दिने योजना ल्याएको छ।
- यस योजना अन्तर्गत विद्यार्थीहरूले विभिन्न परीक्षा शुल्क र कलेज फि भुक्तानी गर्दा आधा सेवा शुल्क तिर्न सक्नेछन्।
- यो योजना जुलाई ३१, २०२६ सम्म लागू हुनेछ र बैंकका ११७ शाखाहरूबाट सेवा उपलब्ध हुनेछ।
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना ल्याएको छ। बैंकले अध्ययन शुल्क, भिसा शुल्क र विभिन्न अनलाइन परीक्षाका लागि गरिने भुक्तानीमा लाग्ने सेवा शुल्कमा भारी कटौती गरेको हो।
यस योजना अन्तर्गत विद्यार्थीहरूले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई जस्ता परीक्षा शुल्कका साथै कलेज फि र बीमा शुल्क भुक्तानी गर्दा आधा मात्र सेवा शुल्क तिरे पुग्नेछ। बैंकले सार्वजनिक गरेको यो सहुलियतपूर्ण योजना आगामी जुलाई ३१, २०२६ सम्म लागू हुनेछ।
विद्यार्थी र अभिभावकको सहजताका लागि बैंकले आफ्ना ११७ वटा शाखाहरूबाट यो सेवा उपलब्ध गराएको छ। यो छुट सुविधा पाउने शाखाहरूको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको छ। '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण