वर्षा बाधक बन्दा टी–२० विश्वकपबाट पूर्व च्याम्पियन अस्ट्रेलिया बाहिरियो, जिम्बाब्वे सुपर–८ मा
सारांश
- सन् २०२१ को विश्वविजेता अस्ट्रेलिया टी–२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ।
- जिम्बाब्वे र आयरल्याण्डबीचको खेल वर्षाले रद्द भएपछि अस्ट्रेलियाको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भयो।
- अस्ट्रेलिया विश्वकप इतिहासमा दोस्रो पटक समूह चरणबाटै बाहिरिएको हो।
पल्लेके । सन् २०२१ को विश्वविजेता अस्ट्रेलिया टी–२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ । मंगलबार जिम्बाब्वे र आयरल्याण्डबिचको खेल वर्षाका कारण रद्द भएसँगै अस्ट्रेलियाको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना समाप्त भएको हो।
क्यान्डीस्थित पल्लेकेले स्टेडियममा वर्षाले गर्दा खेलको टस समेत हुन सकेन र दुवै टोलीले अङ्क बाँडे। यही अङ्कको मद्दतले जिम्बाब्वे सुपर–८ मा पुग्न सफल भयो।
अस्ट्रेलियाको बहिर्गमनमा उसको आफ्नै बिर्सन लायक प्रदर्शन जिम्मेवार रह्यो। सोमबार मात्रै कंगारू टोली श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो भने त्यसअघि फेब्रुअरी १३ मा जिम्बाब्वेले उसलाई २३ रनले स्तब्ध पारेको थियो।
अब अस्ट्रेलियाले फेब्रुअरी २० मा ओमानसँग खेल्न बाँकी छ, तर उक्त खेल जिते पनि मिचेल मार्सको कप्तानीमा रहेको टोली अर्को चरणमा पुग्न सक्ने छैन ।
विश्वकप इतिहासमा अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको यो दोस्रो पटक हो। यसअघि सन् २००९ मा रिकी पोन्टिङको कप्तानीमा रहेको अस्ट्रेलियन टोली लिग चरणबाटै घर फर्किएको थियो।
अघिल्ला दुई हार र वर्षाको समीकरणले अस्ट्रेलियालाई प्रतियोगिताको सुरुवाती चरणमै रोकिदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण