टस जितेर पहिले बलिङ गर्दै नेपाल
काठमाडाैँ। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ३३औँ खेलमा आज नेपाल र स्कटल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ। मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
यो खेल दुवै टोलीका लागि यस संस्करणको अन्तिम खेल हुनेछ। यसअघि नै ग्रुप ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्याण्ड सुपर–८ मा प्रवेश गरिसकेका छन्। यसको अर्थ, आज खेलिरहेका नेपाल र स्कटल्याण्ड दुवै टोली समूह चरणबाटै बाहिरिइसकेका छन्। गणितीय रूपमा अघिल्लो चरण पुग्ने सम्भावना सकिएकोले यो खेल केवल औपचारिकता मात्र हुनेछ।
स्कटल्याण्डले यसअघिका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। अर्कोतर्फ, नेपालले खेलेका तीनवटै खेलमा हार बेहोरेको छ ।
टी–२० अन्तर्राष्ट्रियको तथ्याङ्क हेर्ने हो भने यी दुई टोली हालसम्म दुई पटक मात्र आमनेसामने भएका छन्, जसमा दुवैले एक–एक खेल जितेका छन्। आजको खेल जितेर नेपाल विश्वकपमा सान्त्वना जित दर्ता गर्दै घर फर्किन चाहन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण