एन्फा निर्वाचनका लागि कोशी प्रदेशबाट १० जिल्ला छानिए
मङ्गलबार, ०५ फागुन २०८२, १९ : ११
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी फागुन २७ गते हुने नियमित साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि कोशी प्रदेशका १० जिल्ला फुटबल संघबाट मताधिकार प्राप्त प्रतिनिधिहरू छनोट भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रक्रियाअनुसार कोशी प्रदेशका विभिन्न जिल्लाले निर्वाचनमा भाग लिन पाउने गरी आफ्ना प्रतिनिधिहरूको टुङ्गो लगाएका हुन्।
मताधिकार पाउने जिल्लाहरूमा झापा, सुनसरी, पाँचथर र इलाम जिल्ला फुटबल संघ रहेका छन्। त्यस्तै ताप्लेजुङ, धनकुटा, उदयपुर, खोटाङ, संखुवासभा र भोजपुर जिल्ला फुटबल संघबाट पनि प्रतिनिधिहरू छनोट भएका छन्।
यी १० जिल्लाका प्रतिनिधिहरूले एन्फाको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा सहभागी हुन पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण