टी–२० विश्वकप : अन्तिम खेलमा नेपाल ७ विकेटले विजयी
मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि ७ विकेटको सानदार जित हासिल गरेको छ । यो जित नेपालको विश्वकप यात्राको सुखद अन्त्य बनेको छ, यद्यपि दुवै टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालसामु स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । स्कटल्यान्डका लागि माइकल जोन्सले ४५ बलमा ७ चौका र ३ छक्कासहित ७१ रनको आक्रामक पारी खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । तर, उनको तुफानी इनिङ्सलाई सोमपाल कामीले बोल्ड गर्दै रोके । जर्ज मुन्सीले २७ रन बनाएर कप्तान रोहित पौडेलको बलमा सन्दीप जोराद्वारा क्याच आउट भए ।
कप्तान रिकी ब्यारिङ्टनले १० रन तथा टम ब्रुसले ५ रन मात्र जोड्न सके। म्याथु क्रस ४ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । विशेषगरी १६औं ओभरमा उनले ब्रान्डन म्याकलन र माइकल जोन्सलाई लगातार आउट गर्दै खेलमा महत्वपूर्ण मोड ल्याएका थिए । नन्दन यादवले पनि किफायती बलिङ गर्दै २ विकेट लिए । कुशल भुर्तेल र कप्तान रोहित पौडेलले समान १–१ विकेट हात पारे । सन्दीप लामिछानेले ३ ओभरमा २९ रन खर्चिए भने दीपेन्द्र सिंह ऐरीले ३ ओभरमा २३ रन दिए ।
१७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक सुरुवात गर्दै ३५ बलमा ४३ रनको योगदान दिए भने अर्का ओपनर आसिफ शेखले २७ बलमा ३३ रन बनाए ।
कप्तान रोहित पौडेलले १४ बलमा १६ रन जोडे। मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ५० रनको योगदान दिए । उनले मात्र २५ बल आफ्नो अर्धशतक पूरा गरे । गुलसन झाले १७ रन जोड्दै दीपेन्द्रलाई राम्रो साथ दिए । नेपालले ४ बल बाँकी छँदै ७ विकेटले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यो जितले नेपालको विश्वकप यात्राको सुखद अन्त्य गरे पनि, दुवै टोली यस पटक समूह चरणबाटै बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण