च्याम्पियन्स लिगः गालातासरेसँग युभेन्टस स्तब्ध, ५–२ को फराकिलो हार
बुधबार, ०६ फागुन २०८२, ०१ : ३१
सारांश
- च्याम्पियन्स लिग प्लेअफमा गालातासरेले युभेन्टसलाई ५-२ गोल अन्तरले पराजित गर्यो।
- गालातासरेका गाब्रियल साराले पहिलो गोल गरे भने नोआ लांगले दुई गोल थपे।
- युभेन्टसका लागि कुपमाइनर्सले दुई गोल फर्काए, तर काबाल रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
काठमाडौं । च्याम्पियन्स लिग अन्र्तगत प्लेअफको पहिलो लेगको खेलमा गालातासरेले युभेन्टसलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै स्तब्ध पारेको छ ।
मंगलबार सम्पन्न खेलमा गालातासरेका लागि गाब्रियल साराले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । नोआ लांगले ४९औँ र ७४औँ मिनेटमा दुई गोल गरे भने डाभिन्सन सान्चेजले ६०औँ मिनेटमा र साचा बोईले ८६औँ मिनेटमा एक–एक गोल थपे ।
युभेन्टसका लागि टिउन कुपमाइनर्सले १६औँ र ३२औँ मिनेटमा दुई गोल फर्काएका थिए । तर, खेलको ६७औँ मिनेटमा जुआन काबालले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो, जसले उनीहरूको प्रदर्शनमा थप असर पार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण