पेरुका अन्तरिम राष्ट्रपति चार महिनामै पदच्युत
सारांश
- पेरुको संसदले अन्तरिम राष्ट्रपति होजे जेरीलाई पदबाट हटायो, जसले चार महिनामै पद गुमाए।
- जेरीलाई चिनियाँ व्यवसायीसँगको गोप्य भेटघाट सार्वजनिक नगरेको आरोप लागेको थियो।
- पेरुमा राजनीतिक अस्थिरता बढ्दै गएको छ, किनकि यो लगातार तेस्रो राष्ट्रपतिको पदच्युति हो।
लिमा । पेरुको संसद्ले अन्तरिम राष्ट्रपति होजे जेरीलाई पदबाट हटाएको छ । पद सम्हालेको चार महिनामै संसद्ले महाभियोगमार्फत जेरीलाई पदबाट हटाएको हो । चिनियाँ व्यवसायीसँग भएको भेटघाट सार्वजनिक नगरेको आरोप लागेपछि संसद्ले उनलाई पदमुक्त गरेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
संसद्मा भएको मतदानमा ७५ सांसदले महाभियोगको पक्षमा र २४ जनाले विपक्षमा मत दिएका थिए। गत महिना सार्वजनिक भएको भिडियोमा जेरीले सरकारी तालिका बाहिर चिनियाँ व्यवसायी झिहुआ याङसँग पटक–पटक भेट गरेको देखिएको थियो । याङमाथि सरकारी छानबिन चलिरहेको बताइएको छ।
एक भिडियोमा जेरी रातको समयमा हुड लगाएर याङको रेस्टुरेन्टमा पुगेको दृश्य देखिएको थियो । ती भेटमध्ये एउटामा अवैध काठ तस्करीसँग सम्बन्धित आरोपमा घरमै नजरबन्दमा रहेका अर्का चिनियाँ नागरिक पनि उपस्थित रहेको बताइएको छ।
पेरुको कानुनअनुसार राष्ट्रपतिले सबै आधिकारिक गतिविधि अभिलेख गर्नुपर्ने व्यवस्था भए पनि जेरीले ती भेटहरू अभिलेख नगरेको आरोप लागेको छ । उनले यसअघि भेट भएको स्वीकार गर्दै माफी मागे पनि कुनै गलत काम नगरेको दाबी गर्दै आफूविरुद्ध राजनीतिक बदनाम अभियान चलाइएको बताएका थिए।
जेरीको पदच्युतिसँगै पेरुमा लगातार तेस्रो राष्ट्रपति पदबाट हटाइएको छ । उनले अघिल्लो वर्ष अक्टोबरमा महाभियोगबाट हटाइएकी पूर्वराष्ट्रपति डिना बोलुआर्तेपछि सत्ता सम्हालेका थिए । सन् २०१६ यता पेरुले सातौँ राष्ट्रपति परिवर्तन गरेको छ, जसले देशमा राजनीतिक अस्थिरता झन् बढेको देखिन्छ।
संसद्ले अब नयाँ अन्तरिम राष्ट्रपति चयनका लागि बुधबार मतदान गर्नेछ । उता, भ्रष्टाचार अनुसन्धान, घट्दो जनसमर्थन र देशभर बढ्दो राजनीतिक असन्तुष्टिका बिच पेरु आगामी अप्रिलमा हुने आमनिर्वाचनको तयारीमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण