पाँच पोखरीमा योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
सारांश
- महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोकको पाँच पोखरीमा योग, साउन्ड हिलिङ्ग र सांस्कृतिक कार्यक्रम सम्पन्न भयो।
- समुद्री सतहबाट ४२०० मिटर उचाइमा आध्यात्मिक, सांस्कृतिक तथा साहसिक योग यात्राको आयोजना गरिएको थियो।
- कार्यक्रममा कुमारी नृत्य र मञ्जुश्री नृत्य प्रस्तुत गरियो, जसले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ।
सिन्धुपाल्चोक । महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रमा आयोजना गरिएको विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
फागुन १ गतेदेखि सुरु भएको आध्यात्मिक, सांस्कृतिक तथा साहसिक योग यात्रा समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा अवस्थित पाँच पोखरी क्षेत्रमा सञ्चालन गरिएको थियो। विश्वकै अग्ला तालहरूमध्ये करिब नवौँ स्थानमा मानिने यस धार्मिक स्थलमा सम्पन्न कार्यक्रमले सहभागीहरूलाई आध्यात्मिक अनुभव प्रदान गरेको आयोजकले जनाएको छ।
न्यू भिजन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा हिमाली क्षेत्रमा योग, ध्यान तथा साउन्ड हिलिङ्ग अभ्यास गरिएको थियो। प्राकृतिक वातावरण र हिमाली परिवेशबीच गरिएको साधनाले सहभागीहरूलाई मानसिक शान्ति र आत्मिक सन्तुलन प्राप्त भएको बताइएको छ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। कलाकार सबनम खड्गीले जीवित देवी कुमारीको भाव झल्काउने कुमारी नृत्य प्रस्तुत गरेकी थिइन् भने ४२०० मिटर उचाइमै मञ्जुश्री नृत्य पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिका (सम्पदा तथा पर्यटन विभाग) को सहकार्य, पाँचपोखरी थाङपाल गाउँपालिकालगायतको सहयोग रहेको थियो।
आयोजक संस्थाका अध्यक्ष अशोक शर्मा भट्टको पहलमा सम्पन्न कार्यक्रममा योग, साउन्ड हिलिङ्ग तथा सांस्कृतिक प्रस्तुति एकैसाथ गरिएको थियो। यस्तो कार्यक्रमले पाँच पोखरी क्षेत्रलाई आध्यात्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।
कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका, आयोजक संस्था, काठमाडौं महानगरपालिका तथा योग र पर्यटनप्रति रुचि राख्ने गरी करिब २५ जना सहभागी थिए। आयोजकका अनुसार कार्यक्रमले पाँच पोखरी क्षेत्रको धार्मिक महत्व र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण