शाहिबजादाको सानदार शतक, नामिबियासामु विशाल लक्ष्य
सारांश
- पाकिस्तानले टी-२० विश्वकपमा नामिबियालाई १९९ रनको लक्ष्य दियो।
- ओपनर शाहिबजादा फरहानले ५८ बलमा अविजित १०० रन बनाए।
- कप्तान सलमान आघाले ३८ र शादाब खानले ३६ रनको योगदान गरे।
नयाँ दिल्ली । टी–२० विश्वकप अन्तर्गत समूह ए अन्तर्गत पाकिस्तानले नामिबियासामु २ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको हो ।
टोलीका लागि ओपनर शाहिबजादा फरहान नायक बने । उनले मात्र ५८ बलमा १०० रनको सानदार पारी खेले । यस क्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान सलमान आघाले २३ बलमा ३८ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । शादाब खान २२ बलमा ३६ रन बनाउँदै नटआउट रहे । उनले १ चौका र ३ छक्का हिर्काए ।
नामिबियाका लागि ज्याक ब्रासेलले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जेराल्ड इरास्मसको नाममा एक विकेट रह्यो ।
पाकिस्तानका लागि यो ‘गर या मर’ को खेल हो। यदि नामिबियाले जित्यो भने पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ र अमेरिकाको टोलीले सुपर-८ मा प्रवेश गर्नेछ। अर्कोतर्फ, पाकिस्तानले जितेमा ऊ सुपर-८ मा पुग्नेछ।
टी-२० विश्वकपमा पाकिस्तानले २ जित र १ हार बेहोरेको छ। टोलीले नेदरल्यान्ड्स र अमेरिकालाई हरायो, तर भारतविरुद्ध हारको सामना गर्नुपर्यो।
अर्कोतर्फ, नामिबियाले आफ्ना तीनै खेल नेदरल्यान्ड्स, भारत र अमेरिकासँग हारिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण