जिप दुर्घटना हुँदा चार जना घाइते
बुधबार, ०६ फागुन २०८२, १९ : ३७
बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बडिगाड गाउँपालिका–८ खोलाखर्कदेखि गलकोट नगरपालिका–३ हटियातर्फ आउँदै ग ३ च ६५२१ नम्बरको पिकअप जिप बुधबार दिउँसो दुर्घटनामा परेको हो।
दुर्घटनामा गलकोट नगरपालिका– १० रमुवाका ४० वर्षीय लिल बहादुर श्रीस, बडिगाड गाउँपालिका–८ खोलाखर्कका ७२ वर्षीय यम बहादुर श्रीस, सोही ठाउँका ५७ वर्षीय बेद बहादुर श्रीष र ४९ वर्षीया विष्णु श्रीष घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
घाइतेहरुको शरीरको विभिन्न अंगमा चोट लागेको उनले बताए । घाइतेको गलकोट नगर अस्पतालमा उपचार भइरहेको भारतीको भनाइ छ । पिकअप सडकदेखि २५ मिटर तल खसेको भारतीले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण