शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

साहित्यकार आचार्य सम्मानित

बुधबार, ०६ फागुन २०८२, २२ : १४
बुधबार, ०६ फागुन २०८२

सारांश

  • साहित्यकार तथा पत्रकार मुकुन्द आचार्य 'बिहारीलाल लाठ कर्मवीर सम्मान' बाट सम्मानित भएका छन्।
  • उनलाई रिलिफ सोसाइटी अफ कमर्सले सम्मान गरेको हो, जुन संस्थाका संस्थापकको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो।
  • कार्यक्रममा निर्वाचन कार्यालय पर्साकी प्रमुख, योग प्रशिक्षक, पाइलट, उद्यमी र शिक्षिकालाई पनि सम्मान गरिएको थियो।

वीरगन्ज ।  ‘बिहारीलाल लाठ कर्मवीर सम्मान’बाट साहित्यकार तथा पत्रकार मुकुन्द आचार्य सम्मानित भएका छन् । रिलिफ सोसाइटी अफ कमर्सले संस्थाका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्वर्गीय बिहारीलाल लाठको १४ औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आचार्यलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।

साहित्यकार आचार्य विगत पाँच दशकदेखि नेपाली भाषा तथा साहित्य, भोजपुरी भाषा–साहित्य, शिक्षण र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम तथा संस्थाका अध्यक्ष योगेन्द्रप्रसाद यादवलगायतले संयुक्त रूपमा आचार्यलाई सम्मान गरेका थिए ।

सोही अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु-याउने जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियार, योग प्रशिक्षक रामप्रसाद पण्डित, पाइलट सौरभ रौनियार, उद्यमी दिप्ती धुरका र शिक्षिका डा.नेहा अग्रवाललाई पनि सम्मानपत्रले सम्मान गरिएको थियो ।

संस्थाका सल्लाहकार गणेशप्रसाद लाठले समाजमा उल्लेखनीय काम गर्दै आएका व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेको बताए । उपकुलपति शाक्यले समाज निःस्वार्थ रूपमा योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्नु उदाहरणीय र सराहनीय कार्य भएको बताए ।

सम्मानित व्यक्तित्व आचार्यले सम्मानले आफूलाई थप हौसला र प्रोत्साहन मिलेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप