राजनीति
कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ : गगन थापा
बिहीबार, ०७ फागुन २०८२, १४ : १६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अव सरकार नियुक्तिमा दल होइन अब्बल खोजिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भने, ‘नेपाली कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ ।’
उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने बताए । ‘नियुक्तिको शपथ लिनु पूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने विषय हामीले हामीले अनिवार्य गर्छौँ,’ सभापति थापाले भने । उनले नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने पनि बताए ।
सेवा ढिलो भएमा क्षतिपूर्ति दिने व्यवस्था गर्ने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण