फोर्थिङ फ्राइडे ईभीमा ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर, रु ७ लाखसम्म बचतको अवसर
सारांश
- लक्ष्मी ई-मोबिलिटीले फोर्थिङ फ्राइडेको लागि 'एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे' अफर ल्याएको छ।
- यस योजना अन्तर्गत ग्राहकले फोर्थिङ फ्राइडे ईभी खरिद गर्दा ७ लाखसम्म बचत गर्न सक्नेछन्।
- कम्पनीले वातावरणमैत्री सवारीको प्रयोगलाई प्रोत्साहन गर्दै बजार पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि ले प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे का लागि ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको उक्त योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा सहज रूपमा अपग्रेड हुने अवसर दिने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत ग्राहकहरूले फोर्थिङ फ्राइडे ईभी खरिद गर्दा अधिकतम रु ७ लाखसम्म बचत गर्न सक्नेछन् । योजनामा पुरानो गाडीको उचित मूल्याङ्कनसहित एक्सचेन्ज बोनस, नगद छुट, अटो प्लस इन्स्योरेन्स, सडक कर सुविधा, निःशुल्क स्पेयर टायर र एसी चार्जरका साथै सप्राइज गिफ्ट्स समावेश छन् ।
कम्पनीका अनुसार, यो योजना नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको हो । यसमार्फत वातावरणमैत्री सवारीको प्रयोगलाई प्रोत्साहन गर्दै बजारमा सहज पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।
डोङफेङ मोटर ग्रुप अन्तर्गत सञ्चालित फोर्थिङ ब्रान्डलाई नेपालमा लक्ष्मी ई–मोबिलिटीले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण