गाउँगाउँमा गस्ती गर्न कार्यकर्तालाई सीके राउतको निर्देशन
सप्तरी । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज आफ्नो क्षेत्रमा युवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका छन् ।
जनमत पार्टीलाई जिताउन सिपाहीको रूपमा काम गर्न अध्यक्ष राउतले आग्रह गरेका छन् । 'सप्तरीमा गुण्डाराज चलिरहेको छ, त्यसलाई अन्त्य गर्न जनमत पार्टी जित्नुपर्छ,' उनले भनेका छन् ।
त्यति मात्र होइन, उनले आफ्ना कार्यकर्तालाई चुनावभर मोटरसाइकलले गाउँगाउँ गस्ती गर्न निर्देशन पनि दिएका थिए । चुनावको समयमा अन्य पार्टीका उम्मेदवाले मतदातालाई प्रलोभनमा परेर माछामासु, पैसा दिन सक्ने भन्दै त्यसलाई रोक्न गाउँगाउँमा जान उनले निर्देशन दिएका हुन् ।
जनमतले ३० हजार जेनजीलाई प्रहरीमा भर्ना गर्ने, १३ सय महिलालाई रोजगारी दिने, स्वंयसेवक शिक्षक भर्ना गर्नेजस्ता कामबारे पनि जनतालाई जानकारी दिन अध्यक्ष राउतले निर्देशन दिएका छन् ।
'निर्वाचनका दिन भोटरहरूलाई समातेर लानुपर्छ, भोटरलाई मद्दत गर्नुपर्छ,' उनले भनेका छन् । अरू पार्टीका कार्यकर्ताले जनमतका मतदातालाई विभिन्न प्रलोभन देखाएर लैजान सक्ने भन्दै यतातिर पनि सचेत रहन उनले भनेका छन् ।
राउत सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण