निर्वाचनमा मत सर्वेक्षण गर्ने मिडियालाई कारबाही हुन्छ: प्रमुख आयुक्त भण्डारी
सारांश
- निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए।
- उनले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमले सहयोग गरेको र निर्वाचन नै विकल्प भएको बताए।
- आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घन गर्ने मिडियालाई कारबाहीको चेतावनी दिए।
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्बन्धी माहोल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम अगाडि बढाई रहेको बेला त्यसको माहोल बनाउने काम सञ्चारमाध्यमले गरेको उनले बताए ।
गोरखापत्र एकेडेमीको आयोजनामा आयोजित निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा उनले संविधान संरक्षणका निम्ति निर्वाचन अपरिहार्य रहेको बताए । कुनै कुण्ठित व्यक्तिले कुण्ठा व्यक्त गर्दैमा निर्वाचन नबिथोलिने बताए । उनले भने, 'निर्वाचनको विकल्प निर्वाचन नै हो । यसलाई बिथोल्ने काम कसैबाट नहोस् ।' धमिलो पानीमा माछा मार्ने काम कसैबाट नहोस् भन्दै उनले दलहरू गाउँ गाउँ गइसकेको अवस्थामा चुनावारे भ्रम छर्न नहुने उल्लेख गरे ।
यसपालि निर्वाचनमा देखिएको उत्साह यसअघि कहिले पनि नदेखिए बताउँदै उनले बताए । कुनै पनि पक्षबाट निर्वाचन विरुद्ध नजायोस् भनेर आचारसंहिता ल्याएको बताउँदै प्रमुख आयुक्त भण्डारीले कतिपय ठाउँमा मिडियाबाट आचारसंहिता उल्लङ्घन गरेको बताए ।
कतिपय प्रतिष्ठित मिडियाले मत संरक्षण गरेर मतदातालाई भ्रमित पारेको बताउँदै उनले आयोगले कारबाही नगरेकोमा कमजोरी नठान्न आग्रह गरे । पटक पटक यस्तै भयो भने कानुन अनुसार कार्यवाही हुने उनले चेतावनी दिए । मत सर्वेक्षण नगर्नुस् भनी पटक पटक सम्झाइ बुझाइ गरे पनि अटेरी भइरहेको भन्दै उनले यो सिलसिला जारी रहे संविधानमा व्यवस्था भए अनुसार कारबाही हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण