काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
काठमाडौँ । आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे ।
प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूह विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । समूह ‘ए’ बाट ७ अंकसाथ द सेलिब्रेसन को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकसाथ एआईटीएम उपविजेता हुँदै सेमिफाइनलमा पुगे ।
आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को–एड र एआईटीएमबीच हुनेछ । प्रतियोगिताको काष्ठमण्डपका प्लस २ प्रोग्राम डाइरेक्टर रिचार्ड गोमेज र ए लेभल प्रोग्राम डाइरेक्टर यादव थपलियाले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही रु २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिता भोलि सम्पन्न हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण