तारेभीरमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरद्वारा नियन्त्रणमा
काठमाडाैँ । तारेभीरमा आइतबार दिउँसो लागेको आगो सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर नियन्त्रणमा ल्याइएको छ । आइतबार अपरान्ह तारेभीरको जंगलमा आगो लागेको थियो । तर, सुरक्षाकर्मीहरु आगो लागेको मुख्य ठाउँमा जान नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरलाई अनुरोध गरेको थियो ।
गृहबाट अपरान्ह ३ बजेको समयमा अनुरोध आएपछि सिम्रिक एयरले हेलिकप्टर पठाएको थियो । हेलिकप्टर प्रयोग गरेर ५ः४५ बजे आगो नियन्त्रणमा लिइएको हो ।
सिम्रिकले वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र रेस्क्यू स्पेशलिस्ट छिरिङ डेन्डुप भोटेलाई खटाएको थियो । सिम्रिक एयरका अनुसार आगो नियन्त्रणमा लिनका लागि करिब १२ हजार लिटर पानी हेलिकप्टरबाट खन्याइएको थियो । यसका लागि सुरुमा हेलिकप्टरले सुन्दरीजलबाट पानी लगेको थियो । तर, सुन्दरीजल टाढाको दूरीमा रहेकाले छिटो छिटो पानी लैजान समस्या हुने भएपछि सिम्रिकले नजिकैको रिसोर्टबाट पानीको प्रबन्ध गरेर आगो नियन्त्रणमा लिएको हो ।
सिम्रिकले यो सहित विभिन्न समयमा सरकारको अनुरोधमा देशका विभिन्न ठाउँमा लागेको आगो नियन्त्रणमा आफ्नो हेलिकप्टर प्रयोग गर्दै आएको छ । यसपटक पनि कम्पनीले निःशुल्क सेवा दिएको हो ।
तर, अहिले कम्पनीसँग एउटा मात्रै बम्बी बकेट छ । यसअघि दुइ वटा बम्बी बकेट रहेकोमा भदौ २४ गतेको जेन् जी आन्दोलनका क्रममा सिम्रिक एयरको कार्यालयमा आगजनी हुँदा एउटा बम्बी बकेट जलेपछि अहिले एउटा मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।
यसअघि देखि हालसम्म सरकारको अनुरोधमा सिम्रिकले बिना कुनै शुल्क सेवा दिइरहे पनि आगो नियन्त्रणका क्रममा कम्पनीको भने ठूलो खर्च भइरहेको हुन्छ । फ्युल, पाइलट र कर्मचारीको सेवा तथा बीमा, उपकरणहरुको प्रयोगमा ठूलो खर्च हुने गरेको छ । आगलागी नियन्त्रण गर्न हेलिकप्टरको प्रयोगले सहज हुने भएकाले आगामी दिनमा सरकारले यसका लागि बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता भने बढेर गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण