दुई फर्मलाई विभागद्वारा जरिवाना
सारांश
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ।
- बाँसबारी राइस मिललाई दुई लाख र जयस अन्न घरलाई १० हजार जरिवाना गरियो।
- मेगा मार्टसहित अन्य फर्मलाई कागजातसहित उपस्थित हुन निर्देशन दिइयो।
काठमाडौँ । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ ।
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।
विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण