छुट्टाछुट्टै सवारी दुर्घटनामा २४ जनाको मृत्यु
काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौडास्थित सडकमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको बस गएराति अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदीको किनारमा खसेर भएको दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।
साथै घाइते भएका २५ मध्ये १४ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा, १० जनाको नेशनल मेडिकल कलेज कलंकीमा र १ जनाको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ।
यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-७को जानकी ग्यास अगाडि सडकमा ना.६३ प ९३९० नम्बरको मोटरसाइकललाई लु.२ ख ४४६१ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक, बिजेन पुलामी (१८) को मृत्यु भएको छ।
घाइते उनलाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दियाको बाँसगढी नगरपालिका-३ मानखोलास्थित सडकमा पनि भे.११ प ८४५३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री, राजबाबु खान (४०) को मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी बर्दियाको राजापुर नगरपालिका-८ भोकपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको से.५ प ९८३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक, लोहर मान थारू (५६) को मृत्यु भएको छ।
गम्भीर घाइते भएकालाई भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।
कालिकोटको तिलागुफा नगरपालिका-१ भिग्मास्थित सडकमा कालिकोटबाट नाग्मागार्डतर्फ जाँदै गरेको सु.प.प्र ०१-००२ त ७१७८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको छ। चालक, भिम नेपाली (२२) को कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो।
डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ धौलाबस्तीस्थित सडकमा पनि मेल्टाबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र. ०३-००१ च ००१४ नम्बरको बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार, जुना देवी साउँद (६६) को मृत्यु भएको छ। गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते बोलेरो चालकसहित ३ जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण