एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई हरायो
सोमबार, ११ फागुन २०८२, १५ : ०१
सारांश
- एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई ३-० गोलले हरायो।
- निकोलस ओडाने ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरे।
- जितसँगै जावलाखेलको ९ अंक पुग्यो, भने पुलिसको ४ अंकमा सीमित भयो।
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
सोमबार सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा निकोलस ओडाने ह्यामिल्टनले खेलको १८ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको २६ औँ मिनेटमा युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाएका थिए । खेलको ७८ औँ मिनेटमा विकास दर्लामी मगरले जावलाखेललाई ३–० को जित दिलाए ।
जितसंगै ६ खेल खेलेको जावलाखेलको ९ अंक भएको छ भने समान खेल खेलेको पुलिसको ४ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण