धादिङ बस दुर्घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन
काठमाडौं । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । घटनाबारे छानिबन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘संयोजक र सदस्यहरुको नाम टुंगो लाग्न बाँकी छ ।’
सोमबार बिहान पोखराबाट आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौडामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई बताए।
दुर्घटनामा परेर २५ जना घाइते भएका छन् । घटनाबारे छानबिन कार्यदल गठन गर्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरोकारवालाहरुसँग छलफल गरेका थिए। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र गृह मन्त्रालयका सचिव सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण