निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापामा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि बढ्न थालेपछि आचारसंहिता अनुगमन समितिले सबै पक्षलाई सचेत गराएको छ ।
मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको संयोजकत्वमा आज बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले चुनावी कार्यक्रमका क्रममा अस्वस्थ प्रतिस्पर्धा देखिन थालेकाले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
राजनीतिक दल र उम्मेदवारले आयोजना गर्ने सभा, भेला, र्याली, जुलुस, कोणसभा र घरदैलो अभियानमा एक–अर्काप्रति लाञ्छना लगाउने, गालीगलौज गर्ने, झण्डा वा ब्यानर जलाउने, घृणा वा द्वेष फैलाउने तथा हुलहुज्जत गर्नेजस्ता काम भइरहेको गुनासो प्राप्त भएको समितिले जनाएको छ।
त्यसैगरी निजी घर, सार्वजनिकस्थल तथा अन्य स्थानमा आचारसंहिताविपरीत दल तथा उम्मेदवारका झण्डा, ब्यानर र प्रचार सामग्री राख्ने कार्य पनि बढेको भन्दै बैठकले त्यस्तो काम नगर्न÷नगराउन सबैलाई अनुरोध गरेको आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए।
समितिले निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्दै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित ढङ्गले निर्वाचन गतिविधि सञ्चालन गर्न राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता र सर्वसाधारणलाई आह्वान गरेको छ । आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने पनि बैठकले स्पष्ट पारेको सप्रजिअ प्रसाईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण