चीनले आणविक हतियारको व्यापक विस्तार गरेको अमेरिकाको दाबी
काठमाडाैँ । चीनले आफ्नो परमाणु शस्त्रागार नाटकीय रूपमा बढाएको आरोप सोमबार वाशिङ्गटनले लगाएको छ । बेइजिङले गोप्य आणविक परीक्षण गरेको दाबीलाई दोहाराउँदै चीन पनि भविष्यमा हुने कुनै पनि हतियार नियन्त्रण सन्धिको हिस्सा हुनुपर्ने बताएको छ।
अमेरिका र रुसबीचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को कार्यान्वयनले बेइजिङलगायतलाई समेट्दै ‘राम्रो सम्झौता’ विश्वले पाउने सम्भावना प्रस्तुत गरेको वाशिङटनले यो महिनाको सुरुमा बताएको थियो ।
चीनले नयाँ त्रिपक्षीय सन्धिमा वार्तामा प्रवेश गर्ने आह्वानलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ।
हतियार नियन्त्रण तथा अप्रसारका लागि अमेरिकी सहायक विदेशमन्त्री क्रिस्टोफर येउले जेनेभामा निशस्त्रीकरणसम्बन्धी सम्मेलनमा ‘न्यु स्टार्ट’ गम्भीर त्रुटिपूर्ण भएको र चीनले निर्माण गरेको अभूतपूर्व, जानाजानी तीव्र र अपारदर्शी आणविक हतियार निर्माणको कुनै हिसाबकिताब नभएको बताए।
उनले भने, “चीनको खण्डनका बाबजुद उसले जानाजानी र कुनै प्रतिबन्ध बिना पारदर्शिता बिना नै आफ्नो परमाणु शस्त्रागार व्यापक रूपमा विस्तार गरेको छ।”
उहाँले थप्नुभयो, “अमेरिकी सरकारी अधिकारीहरूले ‘समानता’ को अर्थ स्पष्ट नगरी चीनले आगामी चार वा पाँच वर्षमा समानता हासिल गर्न सक्छ भन्ने विश्वास गर्छन्।”
नोबेल शान्ति पुरस्कार विजेता अभियान समूह आइसिएएनका अनुसार रुस र अमेरिका दुवैसँग पाँच हजारभन्दा बढी आणविक हतियार छन्।
तर फेब्रुअरी ५ मा समाप्त भएको ‘न्यु स्टार्ट’ सम्झौताले अमेरिका र रुसलाई एक हजार ५५० परमाणु हतियारमा सीमित गरेको छ । वाशिङ्गटनले चीन पनि द्रूत गतिमा यो सङ्ख्याको नजिक आइरहेको र नयाँ परमाणु सन्धि त्रिपक्षीय हुन्ुपर्ने दावी गर्दै आएको छ ।
“बेइजिङ सन् २०३० सम्ममा एक हजारभन्दा बढी परमाणु हतियारका लागि आवश्यक विखण्डनकारी सामग्री जम्मा गर्ने बाटोमा छ,“ येउले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण