फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने
सारांश
- आइडिया स्पोट्र्सले फागुन ३० गते स्टार क्रिकेट सिजन २ आयोजना गर्ने भएको छ।
- प्रतियोगिता काठमाडौँको मुलपानी मैदानमा हुनेछ, जसमा सर्वसाधारणलाई निःशुल्क प्रवेश दिइनेछ।
- यस प्रतियोगिताको उद्देश्य महिला डिजिटल सशक्तीकरण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्नु हो।
काठमाडौँ । महिला डिजिटल सशक्तीकरणको लागि फागुन ३० गते स्टार क्रिकेट आयोजना हुने भएको छ ।
आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोट्र्सले सोमबार होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै स्टार क्रिकेट सिजन –२ को मिति तय गरेको हो ।
एक दिने क्रिकेट प्रतियोगिता काठमाडौँको मुलपानी मैदानमा आयोजना हुनेछ । जुन खेलमा सर्वसाधारणलाई निःशुल्क प्रवेश गराइनेछ ।
स्टार क्रिकेट सिजन–२ कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेको आयोजकले जनाएको छ । आयोजक समितिका संस्थापक पवन राज जोशीले पहिलो संस्करण भव्य सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएको बताए । ‘पहिलो संस्करण भव्यरुपमा सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएका हौँ,’ उनले भने, ‘दोस्रो संस्करणले क्रिकेटको माध्यमबाट चलचित्र क्षेत्रका कलाकार, खेलाडी, मिडिया व्यक्तित्व, कर्पोरेट प्रोफेसनलहरू तथा डिजिटल क्रिएटरहरू सबै एकै मैदानमा उत्रिएर क्रिकेट खेललाई अगाडी बढाउन प्रोत्साहन हुने तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरेका छौँ । हामी क्रिकेटलाई मनोरञ्जन, व्यवसाय र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गर्दछौँ।’
पत्रकार सम्मेलनमा आइडिया स्पोट्र्सका संयोजक जोशी र शृष्टि फाउन्डेसनकी अध्यक्ष शृष्टि मदन कार्कीबीच सम्झौता भयो । कार्यक्रममा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ पनि सहभागी थिए ।
प्रतियोगिताको लागि आयोजकले श्रृष्टि फाउन्डेसनसँग पनि सहकार्य गरेको छ । प्रतियोगिताबाट ग्रामीण नेपालका महिलाहरू सूचना प्रविधिमा शिक्षित, सशक्तीकरण र प्रोत्साहित हुने आशा गरिएको छ ।
टी–१० फम्र्याटमा आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरिनेछ । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने आयोजक आइडिया स्पोट्र्सले जनाएको छ ।
हरेक टिममा नेपाली सेलिब्रेटी, सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्तित्व, मिडियाकर्मी, राष्ट्रिय खेलाडी तथा क्रिकेटर समावेश हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026