विभिन्न जिल्लामा चार जना मृत फेला
सारांश
- सोमबार र मंगलबार गरी देशका विभिन्न चार जिल्लामा चार जना मृत फेला परेका छन्।
- नवलपरासी, काभ्रे, सुनसरी र मोरङ जिल्लामा शव फेला परेको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ।
- मृतकहरुको पहिचान खुल्न सकेको छैन र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । देशका विभिन्न चार जिल्लामा सोमबार र मंगलबार गरी चार जना मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ स्थित सूर्यपुरा हाइड्रो पावरको ड्याममा एक पुरुषको शव फेला परेको छ। नाम, थर र ठेगाना नखुलेका ती व्यक्तिको शव ड्याममा तैरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ।
त्यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–७ अड्डाबजारमा डेरा गरी बस्ने ६० वर्षीय हिराकाजी लामा आफ्नै कोठामा मृत भेटिएका छन्। नमोबुद्ध नगरपालिका–५ कमिरे घर भएका लामा सोमबार कोठामै मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ।
सुनसरीको दुहबी नगरपालिका–६ स्थित काली मन्दिर नजिकै बाटोको छेउमा पनि एक व्यक्ति मृत फेला परेका छन्। सोही ठाउँका ४५ वर्षीय सन्तोष साह सोमबार मृत भेटिएका हुन्।
यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका–३ कालीदह बस्ने ६६ वर्षीय रेवत श्रेष्ठ पनि मृत अवस्थामा फेला परेका छन्। उनी सोमबार राति स्थानीय बाटोमा मृत भेटिएको प्रहरीले जनाएको छ।
यी सबै घटनाको प्रकृति र कारणबारे स्थानीय प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण