फिल्म ‘मितज्यू’को छायाङ्कन सकियो, जेठमा प्रदर्शन हुने
सारांश
- अनिल बुढा मगरको निर्देशन रहेको फिल्म 'मितज्यू'को छायाङ्कन सकिएको छ।
- फिल्मको छायाङ्कन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिएको थियो।
- दयाहाङ राई, सौगात मल्ल लगायतका कलाकारको अभिनय रहेको फिल्म जेठ १५ गते रिलिज हुनेछ।
काठमाडौँ । अनिल बुढा मगरको निर्देशन रहेको फिल्म ‘मितज्यू’को छायाङ्कन सकिएको छ । एक महिना समय खर्चिएर फिल्मको छायाङ्कन सकिएको निर्देशक मगरले बताए ।
वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मले छायाङ्कन थालेको थियो । फिल्मका निर्माता जनक घर्ती मगर हुन् । फिल्म सामाजिक कथावस्तुमा निर्माण भएको छ । फिल्मको दाङ र रोल्पाका विभिन्न स्थानमा छायाङ्कन भएको छ ।
दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गर्दैछिन् ।
आरआर फिल्मस वितरक रहेको फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण