साम्बाको उपचारका लागि झन्डै डेढ करोड रुपैयाँ उठ्यो, अब सहयोग नगर्न आग्रह
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि झन्डै डेढ करोड रुपैयाँ संकलन भएको जानकारी गराएकी छन् ।
सार्वजनिक आह्वान भएको २४ घण्टाको अवधिमै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी गराएकी छन् ।
छोटो समयमै यति धेरै सहयोग जुटेपछि उनले मंगलबार सामाजिक सञ्जालमा भनेकी छन्, ‘आज धन्यवाद शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रूपमा त यहाँहरूले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यही ऊर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।’
खेलाडीका रूपमा आफूले आजसम्म कमाएको सबैभन्दा ठुलो सम्पत्ति पैसा र उपाधि नभई यो माया, भरोसा र समर्थन भएको कुरा बुझेको समेत उनले बताएकी छन् ।
उनले आफ्नो उपचारका लागि पुग्ने रकम जम्मा भएको भन्दै आजदेखि नै दुवै अकाउन्टमा सहयोग रकम नगर्न आग्रह गरेकी छन् । उनी घुँडामा रहेको गम्भीर चोटको कतारमा उपचारको तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण