‘सांसदको काम नीति निर्माण हो, स्थानीय विकासका झुटो आश्वासन बाँड्दिनँ’
सारांश
- फागुन २१ को चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्, मतदातालाई रिझाउँदैछन्।
- आम जनता पार्टीबाट काठमाडौं-६ मा उम्मेदवार बनेकी सफलता बोगटीले मतदाताको सकारात्मक प्रतिक्रिया पाएको बताइन्।
- मतदाताहरू नेताहरूले झुट नबोलून् र चुनाव जितेपछि पनि अनुहार देखाऊन् भन्ने अपेक्षा राख्छन्।
काठमाडौं । फागुन २१ को मिति नजिकिँदै जाँदा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरू चुनावी घरदैलोमा अरू बढी व्यस्त हुन थालेका छन् । मतदाता रिझाउन, फकाउन, एजेन्डा सुनाउन उनीहरुलाई भ्याइनभ्याई छ । प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूका चर्चा बढी हुँदा नयाँ दल र साना दलका उम्मेदवार छायामा परे झैं लाग्छ ।
सफलता बोगटी आम जनता पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेकी छिन् । मोबाइल चिह्नबाट चुनाव लड्न लागेकी उनी यसपटक ठुला दललाई होइन, आफूलाई जनताले मत दिने दाबी गर्छिन् ।
‘रातोपाटी इलेक्सन फिभर’मा अन्तर्वार्ताका क्रममा उनले घरदैलोका क्रममा आफूलाई मतदाताले सकारात्मक ढाडस दिएको बताइन् । ‘म बिहान ६ बजेदेखि बेलुका साढे ७ बजेसम्म मतदाताको घरदैलोमा छु । प्रत्यक्ष रूपमा सकेसम्म धेरै व्यक्तिलाई भेट्ने मेरो प्रयास छ । घरदैलोमा जाँदा मतदाताहरूले असाध्यै मन पराइदिनुभएको छ,’ उनी सुनाउँछिन्, ‘हामीले कसलाई भोट हाल्ने भनेर अन्योलमा परेका थियौं, तपाईंजस्तो उम्मेदवार पाउँदा खुसी छौं भन्ने उहाँहरूको प्रतिक्रियाले मलाई थप ऊर्जा मिलेको छ ।‘
उनी मतदाताको मुख्य अपेक्षा 'नेताहरूले झुट नबोलून् र चुनाव जितेपछि पनि अनुहार देखाऊन्' भन्ने रहेको पाइन् । ‘मैले मतदातालाई स्पष्ट रूपमा बुझाइरहेकी छु । सांसदको काम स्थानीय स्तरमा बाटो, ढल वा पुल बनाउने होइन; हाम्रो मुख्य काम नीति र कानुन निर्माण गर्ने हो,’ उनी भन्छिन्, ‘अहिलेसम्मका नेताहरूले 'सबै विकास म नै गर्छु' भनेर मतदातालाई भ्रममा पारेका छन् ।‘
सामाजिक अभियन्ता हुँदै प्रत्यक्ष राजनीतिमा हाम फालेकी बोगटीसँग चुनावमा केन्द्रित रहेर गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण