बिलबिजक बिनाका सामान बरामद
बुधबार, १३ फागुन २०८२, १९ : २५
रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्रीपथबाट अन्दाजी मूल्य २७ लाख ७८ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए।
दुई वटा गाडीमा अवैध रुपमा मदिरा ल्याइँदै छ, भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बाटोको किनारामा पार्किङ गरी राखिएको गाडीबाट बिलबिजक बिनाका मदिरा भेटिएको उनले बताए।
बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण