पोखराबाट भारतका सहरमा उडान भर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह
सारांश
- पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थलबाट भारतका सहरहरूमा उडानको माग गरेको छ।
- संघले भारतीय राजदूतावासका सचिवसँग भेट गरी विमानस्थल सञ्चालन र पर्यटन प्रवर्द्धनबारे छलफल गरेको छ।
- भारतले नेपालको जलविद्युत र सूचना प्रविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा सहज उडान भर्न माग गरेको छ ।
नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरसँग भेट गर्दै संघले पोखराको विकास हुन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अनिवार्य रहेको बताएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सोझै यात्राको वातावरण तथा भारतीय पर्यटकलाई नेपाल भित्र्याउन संघका अध्यक्ष गोकर्ण कार्कीले ध्यानाकर्षण गराए । सचिव सुमनले मागप्रति आफू सकारात्मक रहेको बताए ।
कार्कीले एयरपोर्ट संचालनसँगै, सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषय पनि उठान गरेका थिए ।
सुमनले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् । उनले सूचना प्रविधि र स्टार्ट अपसम्बन्धी अब आयोजना हुने मेलामा पनि नेपाली सहभागिता सुनिश्चित हुने बताए ।
उनले भारतले नेपाली उत्पादनको प्रवद्र्धनका साथै भौतिक निर्माणमा गरेको सहयोगको स्मरण गर्दै हाल नेपालबाट १२ सय मेघावाट विद्युत आयात गरिरहेको भारतले आउँदो १० वर्षमा १० हजार मेघावाट विद्युत खरिदको सम्झौता गर्दै यहाँको जलविद्युत विकासमा पनि सघाएको धारणा राखे ।
अध्यक्ष कार्कीले धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नका निम्ति भारतका विभिन्न सहरहरुमा प्रवद्र्धनात्मक गतिविधि गर्न पोखराको निजी क्षेत्र तयार रहेको बताउँदै त्यसको सहजीकरणको अनुरोधसमेत गरेका थिए ।
संघका महासचिव शोभा गौतमले महिला उद्यमीबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धनका निम्ति भारतीय सहयोगको अपेक्षा राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण