टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
सारांश
- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर खरिदमा मिलेमतो गरी १५ करोड ८८ लाख रुपैयाँ हानी पुर्याएको अभियोग लगाएको छ।
- पौडेलसहित अन्यले गुणस्तरहीन सामग्री आपूर्ति गरी झुट्टा कागजातका आधारमा भुक्तानी गरेको अख्तियारको आरोप छ।
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जना र वर्ल्ड डिष्ट्रीब्युसन नेपाल प्रालिलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । सूचना प्रविधि केन्द्रका लागि ‘हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानी पुर्याएको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
आयोगले पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ,सहायक निर्देशक रमेश पोख्रेल,कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । पौडेललगायतविरुद्ध आर्थिक वर्ष ०७६-७७ मा केन्द्रले प्रकाशन गरेको बोलपत्रमा स्पेसिफिकेशनमा उल्लेख गरिएको भन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरेको आरोप छ ।
पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप उनीहरू विरुद्ध छ । उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी उनीहरूले २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरेका थिए ।
पौडेल र अन्य प्रतिवादीले आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा बदनियतपूर्वक निर्धारित सर्त र मापदण्डविपरीत गुणस्तरहीन सामग्री आपूर्ति गर्न दिएर झुट्टा कागजातका आधारमा भुक्तानी गरेको अख्तियारको आरोप छ । पौडेल सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले थप सजायको समेत मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण