अभिनेत्री नम्रता सापकोटाले गरिन् विवाह
बिहीबार, १४ फागुन २०८२, १६ : ५२
सारांश
- अभिनेत्री नम्रता सापकोटाले ओजस नामक युवकसँग विवाह गरिन्।
- विवाह समारोह नागार्जुन सितापाइलास्थित निजी निवासमा आयोजना गरिएको थियो।
- उनले सामाजिक सञ्जालमा मेहन्दी समारोहको तस्बिर पोस्ट गर्दै विवाहको जानकारी दिएकी थिइन्।
काठमाडौँ । एक समय विवाह नगरी बच्चा जन्माउने अभिव्यक्ति दिएर चर्चामा रहेकी अभिनेत्री नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार ओजस नामक युवकसँग विवाह गरेकी हुन् ।
उनको विवाह समारोह नागार्जुन सितापाइलास्थित निजी निवासमा आयोजना गरिएको छ । विवाहमा सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको थियो ।
उनले बुधवार साँझ मेहन्दी समारोहको एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएकी थिइन् । तर, उनले श्रीमानबारे कुनै जानकारी दिएकी थिइनन् । उनी पछिल्लो समय ओशो सन्न्यासी समेत बनेकी थिइन् ।
पछिल्लो पटक फिल्म ‘नम्बरी सुन’मा देखिएकी उनले सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘अन्तराल’बाट फिल्म अभिनयमा डेब्यु गरेकी थिइन् । उनले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण