भूकम्प पछि २५ हजार अफगानी बालबालिका अस्थायी शिविरमा : रिपोर्ट
अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा भूकम्पले विनाश गरेको छ महिना पछि सम्म पनि करिब २५ हजार बालबालिका अस्थायी शिविरमा राखिएको अन्तर्राष्ट्रिय सहायता संस्था सेभ द चिल्ड्रेनले बिहीबार जनाएको छ ।
प्रभावित परिवारहरू तिरपालको शिविर भित्र जाखिमपुर्ण बसोबास गर्दै आएकाले २५ हजार भन्दा बढी बालबालिकाहरु बाल्य अवस्था शिविरमै विताउन बाध्य भएको जनाइएको छ । पाहाडी क्षेत्रमा घरहरूको पुनः निर्माण मात्र सुरु गरिएको उल्लेख गर्दै केहि गाउँहरूमा विनाशको स्तर कहिल्यै पुनः र्निर्माण हुनै नसक्ने अवस्थामा रहेको प्रतिवेदनमा भनिएको छ ।
भूकम्पले शैक्षिक पूर्वाधारमा समेत गम्भीर असर पारेको मूल्यांकन गरिएको छ भने आधा भन्दा बढी शैक्षिक पुर्वाधार पूर्ण वा आंशिक रूपमा नष्ट भएको जनाइएको छ । सहायता एजेन्सीको रिपोर्ट अनुसार भूकम्प अघि नै प्रकोपबाट सबै भन्दा बढी प्रभावित प्रान्त कुनारमा लग–भग ५० हजार प्राथमिक विद्यालय उमेरका बालबालिका विद्यालय शिक्षाबाट बाहिर वञ्चित भएका छन् ।
गत वर्ष अगस्ट – ३१ मा पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो, जसले मुख्य विनास कुनार प्रान्तमा गरेको थियो भने यसलाई देशको हालैको इतिहासमा सबै भन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण