जिम्बाब्वेलाई भारतको २५७ रनको विशाल लक्ष्य
चेन्नेई । भारतले टी–२० विश्वकपको आठौं सुपर–८ खेलमा जिम्बाब्वेलाई २५७ रनको विशाल लक्ष्य दिएको छ । टोलीले २० ओभरमा ४ विकेटको क्षतिमा २५६ रन बनाएको हो। यो टी–२० विश्वकपको इतिहासमा दोस्रो सबैभन्दा ठुलो स्कोर हो । टी–२० विश्वकपमा सबैभन्दा उच्च स्कोर २६० रन छ, जुन श्रीलंकाले २००७ मा केन्याविरुद्ध बनाएको थियो ।
चेन्नईको चेपाक स्टेडियममा भएको यस खेलमा जिम्बाब्वेका कप्तान सिकन्दर रजाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । भारतले अभिषेक शर्माको ५५ रन, हार्दिक पाण्ड्याको अविजित ५० रन र तिलक वर्माको अविजित ४४ रनको मद्दतले २५६ रनको विशाल योगफल तयार पारेको हो ।
यो स्कोर भारतको टी–२० विश्वकपमा अहिलेसम्मकै सबैभन्दा ठुलो स्कोर पनि हो । यसअघिको कीर्तिमान २१८ रनको थियो, जुन २००७ मा इंग्ल्यान्डविरुद्ध बनेको थियो । डरबनमा खेलिएको उक्त खेलमा युवराज सिंहले स्टुअर्ट ब्रोडको ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए ।
जिम्बाब्वेका ४ बलरले आज एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण