टी–२० विश्वकप: जिम्बाब्वेमाथि भारतको सहज जित
सारांश
- टी-२० विश्वकपको सुपर ८ मा भारतले जिम्बाब्वेलाई ७२ रनले पराजित गर्यो।
- भारतले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २५६ रन बनायो।
- जवाफमा जिम्बाब्वेले ६ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो।
काठमाडौँ। बिहीबार सम्पन्न टी–२० विश्वकपको सुपर ८ चरणको खेलमा भारतले जिम्बाब्वेलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २५६ रनको विशाल योगफल खडा गरेको थियो । भारतको इनिङ्समा अभिषेक शर्माले ३० बलमा ५५ रनको अर्धशतकीय योगदान दिए । त्यस्तै, हार्दिक पाण्ड्याले २३ बलमा अविजित ५० रन र तिलक वर्माले १६ बलमा अविजित ४४ रन बनाउँदै टोलीलाई विशाल योगफलतर्फ डोर्याएका थिए ।
२५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वेले आफ्नो २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका लागि ब्रायन बेनेटले ५९ बलमा अविजित ९७ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । सिकन्दर राजाले २१ बलमा ३१ रन र टाडिवानाशे मारुमानीले २० बलमा २० रन जोडे ।
यससँगै भारतले खेल ७२ रनले जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण