स्वास्थ्य प्रतिष्ठानलाई न्युरो आइसीयु बेड हस्तान्तरण
सारांश
- सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७ वटा न्युरो आइसियु बेड सहयोग गरेको छ।
- बैंकले न्युरो वार्ड सञ्चालनको लागि आइसियु बेड हस्तान्तरण गरेको हो, जसले सेवा विस्तारमा सहयोग पुर्याउनेछ।
- प्रतिष्ठानका पदाधिकारीहरूले बैंकलाई धन्यवाद दिए र आगामी दिनमा थप सहयोगको अपेक्षा राखेका छन्।
बुटवल । दाङको सिद्धार्थ बैङ्क घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७ वटा न्युरो आइसीयु बेड सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच बैङ्क शाखा घोराहीले प्रतिष्ठानलाई न्युरो वार्ड सञ्चालनको लागि आइसीयु बेड हस्तान्तरण गरेको हो ।
बैङ्कका लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख केशव खाती, घोराहीका शाखा म्यानेजर वीरेन्द्र सिंह कार्की, तुलसीपुर शाखा प्रबन्धक किरण आचार्यले संयुक्तरुपमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थी, न्युरो सर्जन डा उपमा शर्मालाई न्युरो आइसीयु बेड हस्तान्तरण गरिएको हो ।
प्रतिष्ठानमा न्युरो सर्जरी विशेषज्ञ आई सेवा सुरु गरेपछि सेवालाई थप बिस्तारसहित चुस्त दुरुस्त बनाउन यो सहयोग महत्त्वपूर्ण रहेको निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा लम्सालले बताए। उनले बैङ्कलाई आगामी दिनमा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा प्रतिष्ठानलाई अन्य सेवामा पनि सहयोग गर्न आग्रह गरे ।
त्यस्तै निमित्त अस्पताल निर्देशक प्राडा पन्थीले न्युरो वार्ड सञ्चालनका लागि आइसीयु बेड हस्तान्तरण गरेकोमा बैङ्क परिवारलाई प्रतिष्ठानको तर्फबाट धन्यवाद दिए ।
त्यस्तै बैङ्कका शाखा म्यानेजर वीरेन्द्र सिंह कार्कीले बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आइसियु बेड सहयोग गरेर प्रतिष्ठानसङ सहकार्य गर्न पाउँदा खुसी लागेको र आउँदा दिनमा दुवै पक्षको समन्वयमा सहयोगलाई बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
बैङ्कका लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख केशव खातीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई आइसियु बेड सहयोग गरिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण